देब कुमार सुनुवार
विश्वमा विज्ञान र प्रविधिको विकाससँगै आमसञ्चार प्रणालीले पनि फड्को मारेको छ । हाल हामी आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रवेश गरेका छौ । तथापि हामीले बुझ्नुपर्ने कुरा के छ भने, यि प्रविधिहरुले ज्तिसुकै फड्को मारेपनि कक्षाकोठामा समुहमा शिक्षादिने शिक्षकको भुमिकाको कुरा गरौं यात लोकसञ्चारका रुपमा प्रचलित प्रथाजनित सञ्चार प्रणालीलाई एकैचोटि विस्थापन गर्न भने सक्दैन् । किनभने यस्ता सञ्चारमाध्यमहरु हाल प्रचालनमा रहेका आधुनिक सञ्चारमाध्यमहरु आउनुअघिदेखि नै प्रयोगमा थिए, छन र हुनेछन् । आम आर्थात जनताका लगि वा सर्वसाधरणकालागि, सञ्चार भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिमा गरिने संवाद । खासगरी आदिवासी समुदायहरुविच, परिवार परिवारविच, अनौपचारिक, असंगठित र मौखिकरुपमा अहिलेपनि सामुदायिक वा सामुहिक क्षेत्र, हाटवजार, धार्मिक क्षेत्र, वा सामाजिक समुदायिक वा प्रथाजनित संस्थाहरुमा व्यापकरुपमा प्रचालनमा रहेका यस्ता प्रथाजनित सञ्चार स्थायी र भरपर्दो छन् । विशेषगरी यो प्रथा चक्रिय प्रणाली अर्थात आलोपालोमा गरिन्छ, त्यसैले धेरैको सक्रिय सहभागिता रहन्छ । यस्ता सञ्चार अधिकारिक हुन्छ र निश्चित समुदाय लक्षित हुन्छ । यस्ता सञ्चार प्रक्रियामा दोहोरो सम्बाद हुन्छ । यस्ले थप छलफल र जिज्ञासा राख्न सहज तुल्याउँदछ । जस्ले गर्दा विश्वासनियता मापन गर्न सकिन्छ । यस्तो सञ्चारलाई प्राविधिक रुपमा सवल बनाउन आवश्यक छ । प्रस्तुत आलेखमा आदिवासी कोँइच सुनुवार समाजमा प्रथाजनित सञ्चार प्रणालीलाई केन्द्रविन्दु बनाईएको छ ।
प्रथाजनित सञ्चार
अंग्रेजी भाषामा Indigenous communication system, folk media, traditional media, र नेपाली भाषामा आदिवासी वा प्रथाजनित सञ्चार प्रणाली, परम्परागत सञ्चार प्रणाली वा लोक सञ्चार प्रणाली आदि नामले प्रचलित मौलिक सञ्चार प्रणाली, नेपालका विभिन्न आदिवासी जनजातिको साथै कोँइच सुनुवार समाजमा पनि व्यापक मात्रामा चलनचल्तीमा रहेको छ । तथापी यो सञ्चार प्रणालीको महत्व, भूमिका वा सान्र्दभिकताको बारेमा त्यति छलफल र बहस भएको छैन । आदिवासी जनजातिको प्रथा, परम्परा, संस्कार, संस्कृति, रीतिरिवाजसँग गाँसिएको यो सञ्चार प्रणालीले आफ्नो समाज र समुदायलाई शिक्षित गर्ने, सूचना दिने, सामाजिक सवालका हरेक गतिविधि वा क्रियाकलापबारे सूचना आदनप्रदान गर्ने काम गरिरहेका हुन्छन् । आधुनिक सूचना प्रविधिको व्यापक विकाससँगै सूचना, जानकारी, शिक्षा वा मनोरञ्जन प्राप्त गर्ने अनेकन माध्यमहरु उपलब्ध भएपनि, कतिपय अवस्थामा आधुनिक प्रविधि भन्दापनि प्रथाजनित सञ्चार प्रणाली वढी विस्वासिलो र प्रभावकारीसमेत भएको प्रशस्त उदाहरणहरु छन् ।
आमसञ्चार र पत्रकारिताबारे अध्ययान र अध्यापन गर्नेक्रममा यदाकदा आदिवासी वा प्रथाजनित सञ्चार प्रणाली, परम्परागत सञ्चार प्रणाली वा लोक सञ्चार प्रणालीका बारेमा कुरा गरेपनि यस्ता सञ्चार माध्यमहरुको बारेमा गहिरो अध्ययान गर्ने, परिभाषित गर्ने काम भने कमै भएका छन् ।
आमसञ्चार र पत्रकारिताबारे अध्ययान र अध्यापन गर्नेक्रममा यदाकदा आदिवासी वा प्रथाजनित सञ्चार प्रणाली, परम्परागत सञ्चार प्रणाली वा लोक सञ्चार प्रणालीका बारेमा कुरा गरेपनि यस्ता सञ्चार माध्यमहरुको बारेमा गहिरो अध्ययान गर्ने, परिभाषित गर्ने काम भने कमै भएका छन् । किनभने भनिन्छ, जस्को परिभाषा लागू हुन्छ, उही शक्तिशाली हुन्छ । यो सञ्चारमाध्यमको व्यापक भूमिका अझैपनि व्यापक भएपनि त्यति वहस र छलफलहरु चलाएको पाईदैन । किनभने आदिवासी जनजातिको प्रथा, परम्परा वा संस्कार संस्कृतिमा व्यापकता रहेको कारण यो सम्बन्धी अध्यापन वा अध्ययान गर्न नेपालका सञ्चारक्षेत्रका प्राज्ञिकहरुले त्यति उदारता देखाएको देखिदैन । प्रथाजनित सञ्चार प्रणाली वढी अन्र्तवैयक्तिक माध्यम वा सामुहिकतामा खासगरी आदिवासी समुदायहरुविच, परिवार परिवारविच, अनौपचारिक, असंगठित र मौखिकरुपमा अहिलेपनि सामुदायिक वा सामुहिक क्षेत्र, हाटवजार, धार्मिक क्षेत्र, वा सामाजिक समुदायिक वा प्रथाजनित संस्थाहरुमा व्यापकरुपमा प्रचालित छन् ।
यस्ता सञ्चार प्रथाको मौलिक भूमिका र महत्व छ । एकव्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी सामाजिक, प्रथाजनित, संस्कृतिक वा संस्कारजनित सूचना वा जानकारीहरु प्रदान गर्ने काम यि सञ्चार प्रणालीले गरिरहेका हुन्छन् । यस्ता खाले सञ्चारमाध्यम, आम सञ्चारका माध्यम भन्दा मौलिक वा फरक छन् । विशेषगरी स्रोता वा दर्शको आकार, दिइने सूचना वा जानकारीको स्वरुप, र सामुदायिक वा स्थानीय संस्कार, संस्कृति, प्रथा, परम्परा वा रीतिरिवाजमा आधारित हुन्छन् । थोरै स्रोता वा दर्शकमाझ सूचना वा जानकारी पस्कने भएकोले यस्ता प्रथाजनित सञ्चारमाध्यमले सूचनाकर्ता र प्राप्तकर्ताविचमा आत्मीयता सृजना गर्दछ । त्यसैले त प्रथाजनित सञ्चार प्रणाली स्थायी, भरपर्दो र विश्वासिलो छन् । यो प्रणाली निश्चित समुदायमा लक्षित हुनेभएकोले आधिकारिक हुन्छ । यो सञ्चारप्रणालीमा दोहोरो सम्बाद हुनेभएकोले जवाफ तत्काल पाउन सकिन्छ ।
सञ्चार र माध्यम
सञ्चारको अवधारणा र प्रयोग मानिसको उत्पति भएसँगै शुरु भएको मान्न सकिन्छ । तथापि प्राज्ञिकहरुले सञ्चारको बारेमा छ्ट्टाछुट्टै परिभाषा दिएका छन् । मानिसको बोल्ने, हिड्ने, पोशाक लगाउने, जीवनशैलि, संस्कार, संस्कृतिमा प्रयोग गरिने विभिन्न सामाग्री, संकेत सवैलाई सञ्चारको रुपमा परिभाषित गरिएको छ । भने, सुचना वा जानकारी प्रवाह गर्ने क्रममा सूचनाकर्ताले, सूचना प्राप्तकर्तासम्म सूचना वा जानकारी पुराउन प्रयोग गरेको विधि वा माध्यम प्रयोग गर्दछन्, तिमाध्यमहरु नै सञ्चारका माध्यम हुन् । ति माध्यमहरुले एकठाउँमा उत्पादन भएको सूचना वा सन्देश अर्को ठाउँसम्म पुराउने काम गर्दछन् । बोलेर वा नबोलेर, लिखित रुपमा वा मौखिकरुपमा, श्रव्य वा दृष्यबाट गरिने सञ्चार प्रणालीलाई, अन्तरवैयक्तिक सञ्चार Intra Personal communication; वैयक्तिक सञ्चार Personal communication, सामुहिक सञ्चार group communication र आमसञ्चार mass communication गरि चारभागमा वर्गिकरण गरिएको छ ।
यि चारै प्रकारका सञ्चारप्रक्रियामा छुट्टाछुट्टै माध्यमहरुको प्रयोग गरिएको हुन्छ । वैयक्तिक सञ्चारमा आफ्नै ज्ञानेन्द्रियहरुको प्रयोग गरेर वा शारिरिक हाउभाऊ, संस्कार संस्कृतिमा लगाईने पोशाक, संकेत वा इशाराको प्रयोगबाट सञ्चार गरिन्छ । वैयक्तिक सञ्चार विशेषगरी दुइव्यक्तिविच आवाज, टेलिफोन, इसारा आदिबाट सञ्चार हुने गर्दछ । त्यसैगरी, सभा, सम्मेलन, कक्षाकोठा, हाटवजार, पारिवारिक वा सामाजिक वा सामुदायिक जमघटको बेला भाषण गरेर, कराएर सामुहिक रुपमा एकभन्दाबढी मानिसहरुलाई एकैपटक सन्देश प्रवाह गर्नु सामुहिक सञ्चार हो । आम सञ्चारमा एकैपटक हजारौ, लाखौ वा असंख्य मानिसहरुलाई एकैपटक जानकारी वा सूचना प्रवाह गर्नु आमसञ्चार हो । आम सञ्चारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन, वेवसाइट, सामाजिकसञ्जाल जस्ता आधुनिक सञ्चारमाध्यमहरुको प्रयोग गरेर एकैपटक एउटा विषयको आम मानिसमा सञ्चार गरिन्छ । प्रथाजनित सञ्चारमाध्यमहरु आदिवासीहरुले आफ्नो सामाजिक जिवनमा अभ्यास गर्ने रीतिरिवाज, संस्कारसंस्कृति, चालचलनको आधारमा मौखिक, गीतसंगित, कला, चित्र, नाच, नाटक आदिको माध्यमबाट एकपुस्ताबाट अर्को पुस्तामा सूचना वा जानकारीहरु हस्तान्तरण गर्दै आइरहेका छन् ।
कोँइच चुप्लु र प्रथाजनित सञ्चार
कोँइच सुनुवार समाजमा, बिहे संस्कारमा बन्दुक पड्काउने, काँस, ष्याँदर, छेँगु आदि जस्ता पृति कार्यमा ढ्याङग्रो, ढोलझ्याम्टा, घन्टी बजाउने ताल वा बाजाले विशेष सूचना दिएको हुन्छ । विशेषगरी ढ्याङग्रो झ्याम्टा विशेषगरी पोँइब ग्यामीहरुले प्रयोग गर्ने गर्दछन् । ढ्याङग्रो झ्याम्टा अनी बजाउने तालले विशेष सन्देश दिने गर्दछन् । उदाहरणकोलागि कोँइच सुनुवारबस्तीको कुनै घरमा ढ्याङग्रो झ्याम्टा बज्यो भने त्यो घरमा कुनै मानिस विरामी परेको वा त्यो घरमा कुनै विशेष पितृकार्य हुन लागेको भन्ने बुझिन्छ । त्यसैगरी ढोल झ्याम्टा पनि जतिबेला पायो त्यतिखेर बजाउन मिल्दैन तथापि अहिले त कोँइच सुनुवारहरुको संस्किृतिक कार्य वा झाँकी आदिमा ढोलझ्याम्टा बजाउने गरिएपनि विशेषकार्यमा मात्र यो बजाउने गरिन्छ । कोँइच सुनुवारहरुको बस्तीमा ढोलझ्याम्टा बज्न थालेपछि उद्यौली र उभौलि शुरुभएको संकेत पाईन्छ ।
कोँइच सुनुवार समाजमा, बिहे संस्कारमा बन्दुक पड्काउने, काँस, ष्याँदर, छेँगु आदि जस्ता पृति कार्यमा ढ्याङग्रो, ढोलझ्याम्टा, घन्टी बजाउने ताल वा बाजाले विशेष सूचना दिएको हुन्छ । विशेषगरी ढ्याङग्रो झ्याम्टा विशेषगरी पोँइब ग्यामीहरुले प्रयोग गर्ने गर्दछन् । ढ्याङग्रो झ्याम्टा अनी बजाउने तालले विशेष सन्देश दिने गर्दछन् ।
त्यसैगरी चौतारो वा डाँडोबाट कराउने, सुसेली हाल्ने, सन्देशदिनको लागि व्यक्ति पठाउने, चराचुरुङीको चाल वा आवाज, जिवजन्तुको आवगमन, प्रकृतिमाथीको परिवर्तनको आधारमा सञ्चार गर्ने प्रचालन छ । उदाहरणको लागि कोँइच सुनुवार भूमिमा अझैपनि आफ्नो साँध सिमान छुट्याउँदा वा प्राकृतिक स्रोत साधान संरक्षणको लागि अर्थात बन, घाँस, दाउरा, खानी संरक्षण गर्न काठको चोकेमा, ढुङगा वा घाँस बाँधेर थारो झुन्डाएर राख्ने चलन चल्तीमा छ । त्यस्तै ठुलो स्वरले कराएर वा सुसेलेर वा लेखेर सूचना प्रचारप्रसार गर्ने परम्परा छ जस्लाई दामलो पाईचचा भनिन्छ । साथै कुनै विशेषस्थानबाट कोँइच सुनुवार समाजको आधिकारिक व्यक्तिले विशेष शब्द, बाजा वा आवाजले दिएको सुचना एकव्यक्तिले अर्कोलाई दिदै जाने प्रचलन समेत छ यस्लाई किङलो किःचा भनिन्छ । आजकाल घरघरमा बत्ती वा पानीको शुल्क उठाउन जाने व्यक्तिले मिटर हेरेर कागजको टुक्रामा जानकारी छोडेजस्तो, जमिनको तिरो उठाउँनेक्रममा जानकारी छोड्नको लागि अम्लीसोको पातलाई पाली वा ढोकामा सिउरिएर सन्देश छोडिने प्रचलन थियो र अझै यदाकदा प्रचलनमा रहेको बताईन्छ । त्यसैगरी विवाह, छेवर जस्ता विशेष संस्कार आदिमा जोरसगुन अर्थात जोर प्वाँङ रक्सी, सुपारी दाना वा आधा सुपारी, ल्वाङ सहित आफन्तजन, विशेषगरी दाजुभाई, मामामाईजु र पाकाहरुलाई निम्तो नदिएसम्म रेडियो, टेलिभिजन, समाजिक सञ्जाल वा टेलिफोनबाट सन्देश वा कार्डबाट निमन्त्रणा दिएरमात्र पुग्दैन अर्थात त्यस्ता सूचना वा सन्देश अर्पुण हुन्छ । त्यसैले त यस्ता प्रथाजनित सञ्चार प्रणाली भरपर्दो र विस्वासनिय छन्, भनिन्छ ।
कोँइच सुनुवारहरुको ष्याँदर, फोल, काँस, छेँगु लगायतका चाड, पितृकार्य आफैमा प्रथाजनित सञ्चारको माध्यम हुन । यि चाडपर्व वा प्रथाले विशेषगरी प्रकृतिपूजक, पितृपुजक आदिवासी कोँइचहरुको पहिचान, संस्कृति, रीतिरिवाज, परम्परागत प्रथाको बारेमा सूचना प्रदान गर्दछ । यि पर्वमा प्रस्तुतगरिने नृत्य, गीत वा संगितले कोँइच सुनुवारहरुको जीवनशैली, इतिहास, र संस्कृतिको बारेमा व्याख्य गर्दछन् ।
त्यस्तै रुमाल, प्लेकास वा अन्य सामाग्रीहरु प्रेमको प्रतिकको रुपमा आफुलाई मनपरेको केटा वा केटीसाथीलाई दिने चलन छ । त्यसरी दिएको रुमाल वा प्लेकास आदि सम्मानीत ढंगले अर्कोले ग्रहण गर्दछ भने, प्रेम प्रस्ताव स्वीकार गरेको अर्थमा पनि लिने गरिन्छ । हाटवजारमा प्रेमप्रस्ताव राख्न विशेषप्रकारको रुमाल किनेर केही खानेकुरा सहित प्रेमीलाई दिने वा कतिपय अवस्थामा आफुले मन पराएको प्रेमी वा प्रेमिकाले थाहापाउने तरिकाले रुमाल वा प्लेकाँस दिने प्रचलन अझै हराएको छैन ।
त्यसैगरी कोँइच सुनुवार समाजमा पोइँब, ग्याँमी वा नआसोललाई विशेष विधि वा अलौकिक शक्तिको प्रयोग गर्न लगाई देशविदेशमा रहेका आफ्नो आफन्तको अवस्थाको बारेमा जानकारी लिने गरिन्छ, यस्लाई लिँक्यु कोःचा भनिन्छ । त्यसैगरी आज पानी पर्छ कि पर्दैन, नेङमाछा खोलामा आए कि आएननरु यो वर्ष जाडो हुन्छ कि गर्मी? महामारी, अनिकाल, सहकाल के हुन्छ, प्रकृतिमाथी भएको परिवर्तन हेरेर, बादलको रङ, हावाको वेग हेरेर, ढुंगामुनीको ओस हेरेर विऊ वालीनालीको विऊ लगाउने समय पत्ता लगाउने प्रचालनहरु अझैपनि छ । त्यसैगरी कोँइच सुनुवार समुदायमा शिकार खेल्न जाँदा वा, व्यक्ति बाटो लागेर अगाडी बढ्दा, पछाडी आउँने साथीलाई बाटोको बारेमा जानकारी दिन बोटविरुवाको मुन्टा फर्काएर ढुङगाले थिचेर बाटोको बारेमा जानकारी दिइने गरिन्छ ।
कोँइच सुनुवार समाजको सामाजिक, संस्कृतिक वा प्रथाजनित संस्थामा विभिन्न कार्यलयहरुबाट सूचना वा सन्देशहरु जारी गर्ने गरिन्छ । उदाहरणको लागि, नाआसोखिँ, गाउरोखिँ, मुइलिखिँ (मुलि) अर्थात स्थानविशेष कार्यलय खिँ बाट वैयक्तिक तथा सार्वजानिक सूचना वा सन्देशहरु जारी गरिन्छ । कोँइच समुदायको प्रथाजनित संस्थालाई कोँइच चुप्लु भनिन्छ । सुनुवार सेवा समाज केन्द्रीय समितिको महासचिव तथा संस्कृतिविद, उत्तम कुमार कातिच, भन्नुहुन्छ, “कोँइच चुप्लु पञ्चायतकाल सुरुहुनुअघिसम्म पनि कोँइच गाउँबस्तीहरुमा सामुहिक निर्णय गर्ने, प्रथा वा परम्परा, भूमि तथा प्रशासन, धार्मिक वा संस्कृतिक तथा आपतकालिन निर्णय लिने, अभिलेख राख्ने न्याय निसाफ दिने आधिकारिक संस्था कोँइच चुप्लु जिवित थियो । त्यस्ता कार्यहरु पुर्खाहरुले कोँइच गाउँहरुमा गर्ने सामाजिक सद्भाव कायम राख्ने, समाज विकासमा ति प्रथाजनित संस्थाहरुले महत्वपुर्ण भुमिका खेलेका देखिन्छ ।”
कोँइच समुदायको प्रथाजनित संस्था कोँइच चुप्लुलाई पुर्नजिवित गर्ने सम्भावना र प्रयासका बारेमा सम्पुर्ण कोँइच सुनुवारहरुको हकहितकालागि स्थापित संघसंस्थाहरुले बहस गर्दै आईरहेका छन् । तथापि कोँइच सुनुवार समुदायको मुख्य वा अग्रज व्यक्तीले कोँइच सुनुवार समाजको प्रथा, परम्परा, संस्कारसंस्कृतिका बारेमा जानकारी दिने वा सुचना वा जानकारी राख्ने वा त्यस्ता जानकारीहरु साँचो हो वा होइन भनेर रुजु गर्ने हुन्छ, जस्लाई मुलिच वा ङवाच भनिन्छ ।
कोँइच समुदायको प्रथाजनित संस्था कोँइच चुप्लुलाई पुर्नजिवित गर्ने सम्भावना र प्रयासका बारेमा सम्पुर्ण कोँइच सुनुवारहरुको हकहितकालागि स्थापित संघसंस्थाहरुले बहस गर्दै आईरहेका छन् । तथापि कोँइच सुनुवार समुदायको मुख्य वा अग्रज व्यक्तीले कोँइच सुनुवार समाजको प्रथा, परम्परा, संस्कारसंस्कृतिका बारेमा जानकारी दिने वा सुचना वा जानकारी राख्ने वा त्यस्ता जानकारीहरु साँचो हो वा होइन भनेर रुजु गर्ने हुन्छ, जस्लाई मुलिच वा ङवाच भनिन्छ । यस्ता व्यक्तिलाई कतिपय समुदायहरुले मुखिया पनि भन्ने चलन छ । त्यसैगरी गाउरोचले भूमि र प्रशासनसम्बन्धी अधिकारिक अभिलेख राख्ने र त्यो सम्बन्धी जानकारी दिने काम गर्दछ । दिगरचले विशेषगरी धार्मिक, संस्कृतिक र आपतकालिक सुचना दिने अभिलेख राख्ने काम गर्दछ । त्यसैगरी पोँइबो, ग्यामीहरुले पनि अलौकिक शक्ति प्रयोग गरेर टाढारहेका व्यक्ति तथा भूत वा भविस्यको बारेमा जानकारी दिने काम गर्दछन्, भने कोँइच सुनुवार समाजको धार्मिक, संस्किृतिक, चाडपर्वका बारेमा सुचना वा जानकारी दिने काम नआसोले गर्दछ । कोँइच सुनुवार समाजमा मूलिच वा ङवाच, गउरोच, दिगरच, पोँइब ग्यामी, नआसो विशेष व्यक्तिमात्रै होइनन सञ्चारको कुरा गर्दा महत्वपुर्ण सञ्चार माध्यम हुन ।
कोरोना महामारीमा प्रथाजनित सञ्चार
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) को बखत प्रथाजनित संस्थाहरुको अस्तीत्व रहेका केही आदिवासी समुदायहरु, मगर, थकाली, नेवार, थारु, माझी, धिमाल, सन्थाल आदि मध्ये केहीले उनीहरुको प्रथाजनित संस्थाका प्रमुखको अगुवाईमा प्रथाजनित सञ्चारमाध्यमको प्रयोग गरेर रेडियो टेलिभिजन जस्ता आधुनिक सञ्चारमाध्यमको प्रयोगबाट सूचना दिएपनि आफनो समुदायमा त्यस्ता सूचनाको प्रभावकारीता नभएको कारण, आफ्नै मौलिक प्रथा अनुसार आफ्नो समुदायका सदस्यहरुलाई कोरोना महामारीका बारेमा जानकारी, बच्ने उपायहरु उनीहरुले बोल्ने र बुझ्ने भाषा व्यापकताकासाथ दिएका थिए । किनभने राज्यद्धारा, रेडियो वा टेलिभिजनबाट गरेको सूचना स्थानीय तहमा सर्वसाधारण वा आदिवासी समुदायहरुले नबुझ्ने वा विश्वास कम हुने भएकाले प्रथाजनित सञ्चारमाध्यमबाट सहि, र उनीहरुले बुझ्ने भाषामा विशेषगरी आफ्नो समुदायका सदस्यहरुलाई महामारीबाट बचाउन, आफ्नो निश्चित भुगोलभित्र बाह्यि मानिसको प्रवेशलाई नियमन गर्नेगरी बन्दाबन्दीको घोषणा गरेका थिए । त्यसैगरी महामारीका बेला प्रकृतिजन्य औषधीमुलो एवं रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने खाद्यपर्दाथहरु सेवन गर्न, आफ्नो भाषामा प्रथाजनित प्रक्रियाद्धारा वा कराएर सूचना प्रवाह गरेका थिए । नेपालका प्रथाजनित संस्था भएका आदिवासी समुदायमा संस्थाले खटाए अनुरुप, सामाजिक, संस्कृतिक वा प्रशासनिक आधिकारिकता भएको व्यक्तिले अहएअनुसार सार्वजानिकस्थलमा गएर सूचना संम्प्रेषण गर्ने कार्य गर्दछ । उनीहरु सार्वजानिक वा सामुहिक स्थानमा गएर, चर्को स्वरमा कराएर वा बाजा बजाएर, शंख फुकेर, समुदायका सदस्यहरुको ध्यानाकर्षण गरेर गाउँभेला, सार्वजानिक कार्यक्रम, पूजाआजा, बनमा घाँसदाउराका लागि फुक्का वा बन्द गर्दाको सूचना दिने गर्दछन् । यस्लाई यदाकदा कटुवाल प्रथा पनि भनिने गरिन्छ । यो प्रथा अझैपनि सञ्चारका अनेकौ प्रविधिको विकास हुँदापनि हालसम्म जिवितै रहनु आश्चार्यको विषय नहोला तर यस्को महत्व र औचित्यको विषयमा अनुसन्धानयोग्य सवाल हो । यस्ता प्रथाको इतिहास केवल अभिलेखको इतिहास हेरेर पुरा हुनसक्दैन । किनभने आदिवासी जनजातिको हकमा सताब्दीयौंदेखि यो प्रथा मौखिक वा अलिखित एवं अनभिलेखित रुपमै विकास भएर पुस्ताहस्तान्त्ररण हुदै आएको छ ।
कोरोना महामारीका बखत नेपालका आदिवासीका प्रथाजनित संस्थाहरुले समुदायस्तरमा संकटन्युन गर्न सहयोग गरेका थिए । प्रथाजनित संस्थाहरुले महामारीबेला खेलेको भूमिका र कार्यका बारेमा इन्डिजिनियस टेलिभिजनले समेत व्यापक प्रचारप्रसार गरेको थियो ।
कोरोना महामारीका बखत नेपालका आदिवासीका प्रथाजनित संस्थाहरुले समुदायस्तरमा संकटन्युन गर्न सहयोग गरेका थिए । प्रथाजनित संस्थाहरुले महामारीबेला खेलेको भूमिका र कार्यका बारेमा इन्डिजिनियस टेलिभिजनले समेत व्यापक प्रचारप्रसार गरेको थियो । भने विश्वभर हाल आदिवासीहरुको नीति निर्णयमा भाग लिने, आफ्नो भूमि, भूभागमा विकास आयोजना गर्ने यावत विषयमा समुदायहरुको तर्फबाट पूर्व, स्वतन्त्र, जानकारीसहित मञ्जुरी दिने आदिवासीहरुको आधिकारीक संस्था प्रथाजनित संस्थालाई मात्र मान्यता दिने अन्र्तराष्ट्रिय कदम अनुरुप आदिवासी कोँइच सुनुवारहरुले पनि आफ्नो परम्परागत संस्था कोँइच चुप्लुलाई पुर्नजिवित गनुपर्ने बहस चलाउनुपर्ने देखिन्छ ।
निष्कर्ष
आदिवासी कोँइच सुनुवार समाजमा प्रचलित र परम्परादेखि चल्दै आएका प्रथाजनित सञ्चारमाध्यमहरुलाई सञ्चारको अभिन्न अंगको रुपमा व्याख्य गर्ने, अभिलेखिकरण गर्ने, अध्ययान वा अनुसन्धान अझसम्म गरिएको छैन । यो स्वाभाविक पनि छ, किनकी कोँइच सुनुवार समुदायमा सञ्चार वा पत्रकारिता अध्ययान गर्ने व्यक्तिहरु कम छन्, भएपनि, यस्ता प्रथाजनित सञ्चार माध्यमहरुको प्रयोग गाउँघरमा देखेपनि बदलिँदो परिवेशमा आमसञ्चार वा पत्रकारिता अध्ययान वा अध्यापन गरिँदा प्रथाजनित सञ्चारको बारेमा त्यति महत्व दिइदैन । त्यसको अलवा कोँइच सुनुवार समुदायको रीतिरिवाज, संस्कारसंस्कृतिकै बारेमा पनि लिखित इतिहास उपलब्ध छैन । कोँइच सुनुवारहरुको उत्पतीको कथा, गितसंगित, कला, लोकोक्तिका बारेमा त्यति लिपिबद्ध भएको छैन ।
अझ अहिलेको पुस्ता अझ आधुनिकिकरण, बजारीकरण, विश्वव्यापीकरणले गर्दा आधुनिक सञ्चारमाध्यमहरुको प्रयोगमै अभ्यस्त भएपछि, प्रथा, परम्परा, रीतिरिवाज, संस्कार संस्कृति आफै संकटग्रस्त अवस्थामा पुगेको सन्दर्भ यसभित्रको विविधपक्षको बारेमा रुची नजाग्नु स्वभाविकै छ । सामाजिकरुपमा अन्य आदिवासीहरुको जस्तै कोँइच सुनुवारहरुमा पनि परम्परा, रीतिरिवाजसँग जोडिएर समुदायका सदस्यहरुबीच, परिवारपरिवारबीच, अनौपचारिक, असंगठित वा मौखिकरुपमा प्रथाजनित सञ्चार प्रणाली अझै चलनचल्तीमा रहेका छन् । सञ्चारको क्षेत्रमा कर्म गर्ने प्राज्ञिक, नीति निर्माता, सञ्चारविदहरु यस्ता सञ्चार प्रणालीबारे बेखबर नभएपनि प्रथाजनित सञ्चार प्रणालीको बारेमा चर्चा र चासो देखाएको पाईदैन । यसको फलस्वरुप, यस्ता सञ्चार प्रणालीहरु केवल संस्कार, संस्कृति, रीतिरिवाजजन्य क्रियाकलापमा मात्र सिमितरुपले प्रयोग गरिएको छ र विस्तारै लोपहुदै गएको छ ।
हो, यस्ता प्रथाजनित सञ्चार प्रणाली र आधुनिक सञ्चार प्रणालीलाई समानरुप प्रस्तुत गर्न असम्भव छ । तर पनि यि दुबै एकअर्काको परिपुरक हुनसक्दछ । त्यसकारण प्रथाजनित सञ्चार प्रणालीलाई व्यवहारिक रुपमा प्रयोग गर्न जरुरी छ, किनभने यस्ता सञ्चार प्रणालीले कोँइच सुनुवारको ज्ञान, पहिचान, रीतिरिवाज, संस्कारसंस्कृतिको संरक्षण, संम्बद्र्धन र प्रर्वद्धन गर्न मद्धत गर्नछ । किनभने प्रथाजनित सञ्चार प्रणाली आदिवासीको भाषा, संस्कार संस्कृति, रितिरिवाजसँग अभिन्नरुपमा रहेको हुन्छ । तसर्थ आदिवासी कोँइच सुनुवार समाजमा अर्थपूर्ण सूचना प्रवाहकोलागि प्रथाजनित सञ्चार प्रणालीको बारेमा बुझ्न जरुरी छ । तसर्थ आदिवासी कोँइच सुनुवारहरुले पनि आफनो प्रथाजनित संस्थालाई पुर्नजिवित गर्दै प्रथाजनित अन्य क्रियाकलापहरुको साथै प्रथाजनित सञ्चार प्रणालीलाई निरन्तरता दिदै लोपन्मुख प्रथाजनित सञ्चारमाध्यमहरुको पुर्नजिवित गर्न जरुरी छ ।
(लेखक यसियाकै पहिलो र एकमात्र बहुभाषिक टेलिभिजन इन्डिजिनियस टेलिभिजनका अध्यक्ष तथा आदिवासीहरुको लागि संयुक्त राष्ट्रसंघीय स्वेछिककोष, संचालक समितिको सदस्य समेत हुनुहुन्छ ।