कोँइच सुनुवार समुदायमा माृतसत्ता र महिलाको भूमिका

कोँइच सुनुवार समुदायमा माृतसत्ता र महिलाको भूमिका

देब कुमार सुनुवार 

समाज विज्ञानमा मातृसत्ताको परिभाषा र दृष्ट्रकोण फरक छन् तर समाज जहाँ महिलाहरु विषेशगरी आमाहरुको नेतृत्व वा केन्द्रीय भुमिका रहेको समाज नै मातृसत्ता हो । नेपालका आदिवासी जनजाति महिलाहरु अन्य जातीको तुलनामा विशेषगरी सामाजिक र संस्कृतिक तवरले अलिबढी स्वतन्त्र र केन्द्रीय भुमिका खेलेका हुन्छन् । कोँइच सुनुवार समुदाय वास्तविक रुपमा मातृसत्तात्म नै हो त ? यसबारे त्यति सोध वा अध्ययान भएको त छैन । कोँइच सुनुवार समुदायमा महिला र पुरुषको भुमिका भिन्नभिन्न भएपनि एकअर्कामा समान र एकअर्कामा परिपुरक छ । विशेषगरी सम्पत्ती नियन्त्रण, राजनीतिक नेतृत्व, सामाजिक वा संस्कृतिक नेतृत्व रहेपनि कोँइच सुनुवार समुदायमा महिलाको भुमिका पनि अहम छ । 

कोँइच सुनुवार समुदायमा गरहना बनाउने वा लगाउने, परम्परागत लुगा बुन्ने र खेतीपाती गर्ने सभ्यताको स्रोत मुक्धुम र प्रकृति हुन । विभिन्न संस्कृतिमा लगाउने परम्परागत पोशाक, सजावटको लगाइने गरगहना वा कोँइच सुनुवारको सभ्यता र संस्कृतिको जननी प्रकृति हो । मातृशक्ति सम्बन्धी मुक्धुमको मिथक सम्बन्धी प्राज्ञिक अध्ययान वा अनुसन्धान भएको छैन । त्यसैगरी समग्र आदिवासी जनजाति समुदाय आफैमा मातृसत्तात्मक व्यवास्था थियो भन्ने आधार र तथ्य छ्रैन तथापि कोँइच सुनुवार र आदिवासी जनजाति महिलाहरु सामाजिक, संस्कृतिक तवरमा नीजि वा सार्वजानिक जीवन सहजतासाथ जीउन अन्य महिला भन्दा सहजता र स्वतन्त्रताकोसाथ अभ्यास भने गरेका छन् ।

समयक्रमसँगै कोँइच सुनुवारहरुको संस्कार संस्कृति वा समाज आफैमा केही बदलाप आएको छ तथापी यो एक प्राकृतिक नियम हो । तथापी अघिल्लो वा केही पुस्ता अगाडीका कोँइच सुनुवार महिलाहरुले परिवारको नीति निर्माणमा, जीवनसाथी रोज्ने वा नरोज्ने वा सम्बन्ध विच्छेद गर्ने, पुर्नविवाह गर्ने वा नगर्ने जस्ता विषयमा आत्मनिर्णयको अधिकार राख्दथे र अहिले पनि केहीहद सम्म राख्दछन् ।

समयक्रमसँगै कोँइच सुनुवारहरुको संस्कार संस्कृति वा समाज आफैमा केही बदलाप आएको छ तथापी यो एक प्राकृतिक नियम हो । तथापी अघिल्लो वा केही पुस्ता अगाडीका कोँइच सुनुवार महिलाहरुले परिवारको नीति निर्माणमा, जीवनसाथी रोज्ने वा नरोज्ने वा सम्बन्ध विच्छेद गर्ने, पुर्नविवाह गर्ने वा नगर्ने जस्ता विषयमा आत्मनिर्णयको अधिकार राख्दथे र अहिले पनि केहीहद सम्म राख्दछन् । कोँइच सुनुवार समुदायले आफ्नो थातथलोमा जीवनयापन गर्दा मानिआएको परम्परा, संस्कार संस्कृति, रीतिरिवाज, भाषा, ज्ञान, सीपलाई निर्वाधरुपमा उपभोग वा उपयोग गर्न पाउने अधिकार नै आत्मनिर्णको अधिकार हो ।  अझैपनि गाउँघरमा पेवापात गरि आत्मनिर्भर रहने, व्यक्तिगत, सामाजिक, संस्कृतिक वा आर्थिक रुपमा बन्देज छैन । उनीहरु अन्य समुदायका महिलाहरुको तुलनामा धेरैहद सम्म स्वतन्त्र, स्वयत्त र शसक्त पनि छन् । तथापि पछिल्लो चरणमा हिन्दुधर्म केन्द्रित राज्यले लादेको पृतृसतात्मक हिन्दुकृत समाजको प्रभाव कोँइच सुनुवार समुदायभित्र पनि परेको छ ।  लैगिक भुमिकालाई हिन्दु दृष्ट्रीकोणबाट व्याख्य गर्ने र अभ्यास गर्ने क्रम वढ्दोछ । त्यसकारण कोँइच सुनुवार महिलाको प्रथाजनित स्वशासन पद्धती र जीवनशैली पनि लोप हुदैगएका छन् । तरपनि  कोँइच सुनुवार समुदायमा महिलाहरुले नै दैनिक जीवनको निर्णय लिन्छन् । महिलाहरु प्रथाजनित र परम्परागत ज्ञान, सिप, स्रोतको धनी छन् । तसर्थ यस्ता ज्ञान, सीप र अभ्यासहरु हस्तान्तरण वा पुस्तान्तरण गर्न महत्वपुर्ण भुमिका खेल्दछन् । कोँइच सुनुवार महिलामा। निहित त्यस्ताकेही आदिवासी ज्ञान, सीप र अभ्यासको बारेमा चर्चा गरिएको छ । 

मातृभाषा सरक्षण 

भनिन्छ, कुनैपनि बलबालिकाको वर्तमान उज्यालो भयो भने अविस्य पनि उज्यालो हुन्छ । बालबालिकाको वर्तमान उज्यालो पार्ने भुमिका घरमा विशेषगरी  आमा, हजुरआमा, काकी वा फुपुहरुले खेलिरहेका हुन्छन । त्यसैले घरमा समाजमा सुनुवार समुदायभित्र  आमाको एकदमै महत्वपुर्ण व्यक्ति हुन । किनभने, बच्चाहरूलाई जन्मेदेखि हुर्काउनेक्रममा वा वयस्कहुँदासम्म घरमा मातृभाषमा बोलाउने, काम अहउने, साथीसंगत, व्यवहार सवैको बारेमा सिकाउने प्रक्रियामा आमाहरुले महत्वपुर्ण भूमिका खेली रहेका हुन्छन् । किनभने भर्खर जन्मेको शिशुलाई उठाउँदा, खेलाउँदा, बसाउँदा आमाहरुले मातृभाषमा बोलाउनुहुन्छ । त्यसकारण जम्मेको शिशु वा हुर्केको बालकलाई कुनसमयमा खाना, पोषण, कस्तो बानीव्यहोरा वा कस्तो शिक्षा दिने भन्नेकुराको ध्यान आमाले राख्नुहुन्छ । घर र समाजमा आमा मात्र होइन, बोजु, काकी, पुपुहरुको पनि उत्तिकै भुमिका हुन्छ । कोँइच सुनुवार महिलाहरु भाषा र संस्कृतिको रक्षक पनि हुन । सन् २०२२ देखि सन् २०३२ लाई संयुक्त राष्ट्रले विश्व आदिवासी दशक घोषण गरेको छ । यो दशकमा कोँइच सुनुवार भाषा संरक्षण, संम्बद्र्धन र पुर्नउत्थान गर्न महत्वपुर्ण भुमिका खेल्न सक्छन् । भाषा केवल सञ्चारको माध्यममात्र होइन । मातृभाषा संस्कर संस्कृति र मौलिक ज्ञानहरुको स्रोत समेत हो । भाषाको माध्यमबाटै त्यस्ता आदिवासी ज्ञानहरु एकपुस्ताबाट अर्कोपुस्तामा सर्नेगर्दछ ।  

भाषाशास्त्री अमृत योञ्जन भन्नुहुन्छ, “भाषा संरक्षण गर्ने एउटैमात्र उपाय हो, भाषा बोल्ने । भाषामा शब्दकोष बनाएर, भाषामा लेखेर वा अनुसन्धान गरेर भाषा संरक्षण हुदैन ।” नेपालमा बोलिने १२४ वटा भाषाहरुमध्ये ९४ वटा भाषाहरु नेपालका आदिवासी जनजातिहरुले बोल्दछन् । त्यो मध्ये सुनुवार भाषा पनि एक हो । यो भाषालाई संरक्षण, प्रर्वद्धन र पुर्नउत्थानका प्रयासहरु गर्न जरुरी छ । किनभने भाषा बाँचे हामी सुनुवारको पहिचान बच्छ । विभिन्न संस्कृति, ज्ञान र सीपहरु जीवित रहन्छ । भाषा बाँचेन भने हामी कोँइच सुनुवारहरुको सभ्यता र अस्तित्व संकटमा पर्छ ।  यसकारण घरमा बालबालिकालाई भाषा सिकाउने र बोल्न लगाउने आमाले हो । त्यसकारण आमाहरुको भुमिकालाई यो दशकमा सुनुवार सेवा समाज र सुनुवारजन्य संघसंस्थाले विशेष भुमिका दिनुपर्दछ । 

संस्कार संस्कृतिको निरन्तरता

सुनुवार समुदायका महिलामा जन्मदेखि मृत्युपर्यन्तसम्म हरेक संस्कार र संस्किृतिमा प्रयोगहुने जाँडरक्सी बनाउने, दैनिक जीवनमा प्रयोग हुने कपडादेखि, सुकुल गुन्द्री बुन्ने जस्ता परम्परागत ज्ञान र सिप छन् । सुनुवार समुदायका पुरुषहरुले घरबाहिरको काम गरेपनि, महिलाहरुले घरगृहस्थी देखि संस्कार संस्कृति वा परमपरा धान्ने काम महिलाको हुन्छ । पहिरन अर्थात लुगाकपडाले व्यक्तिको सामाजिक र संस्किृतिक पक्ष चित्रण गर्दछ । अहिले कोँइच सुनुवार महिलाले विशेष संस्कार, संस्किृति वा चाडपर्वहरुमा मात्र मौलिक पोशाकको प्रायोग  बढेको मात्र होइन धर्ना जुलुस तथा झाँकीमा मौलिक पोसाकमा उपस्थित हुने चलन बसेको छ । फोटो पत्रकारहरुले पनि जातीय भेषभुषामा रहेका महिला तस्विरलाई फोकस गरेर फोटो समचार छाप्ने गरेका छन् । त्यस्ता फोटो छापिँदा, जातिस्थान वा उनीहरुको वास्तविक सरोकार वा सवालको बारेमा त्यति चासो नदिएपनि सम्बन्धीत जातिको पहिचानको बारेमा भने ठुलै सन्देश दिएको हुन्छ । त्यसकारण संस्कृतिक भेषभुषाको प्रयोग गर्दा संवेदनशिल हुन जरुरी छ । 

समय परिवर्तनसँगै फेसनका कपडा, गरगहना लगाउने चलन बढेसँगै जनजातिय मौलिक पोशाकलाई तोडमोडगरी फरकतरिकाले लगाउने प्रचलन वढेसँगै कोँइच सुनुवारको मौलिक अस्तित्व धरापमा छ । कोँइच सुनुवार महिलाले आफ्नो भेषभुषा लगाएर आफुलाई अरुमहिला भन्दा भिन्न रुपमा चिनाउँदै आएका छन् । तर यदाकदा देखासेखी गर्ने होडमा गलत पहिरन गर्दा सन्देश समेत दिएको उदाहरण पनि छ ।

समय परिवर्तनसँगै फेसनका कपडा, गरगहना लगाउने चलन बढेसँगै जनजातिय मौलिक पोशाकलाई तोडमोडगरी फरकतरिकाले लगाउने प्रचलन वढेसँगै कोँइच सुनुवारको मौलिक अस्तित्व धरापमा छ । कोँइच सुनुवार महिलाले आफ्नो भेषभुषा लगाएर आफुलाई अरुमहिला भन्दा भिन्न रुपमा चिनाउँदै आएका छन् । तर यदाकदा देखासेखी गर्ने होडमा गलत पहिरन गर्दा सन्देश समेत दिएको उदाहरण पनि छ । हालै  नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा अगष्ट ९ अर्थात अन्र्तराष्ट्रिय आदिवासी दिवस मनाउने क्रममा आफ्नो मौलिक भेषभुषामा सजिएर संस्किृति झाँकीमा सहभागि हुने क्रममा माननीय सभासद दालकुमारी सुनुवारको तस्विरको क्याप्सनमा पत्रिकाले लिम्बुभनि प्रकाशन गरिएको थियो । कारण थियो, सुनुवारले लगाएको सुनजडित गहना सिरबन्दी किरातीमहिलाहरुले लगाउनेगरेपनि विशेषगरी लिम्बुमहिलाहरुले मौलिक रुपमा लगाउने गर्दछन् । यो घटना पहिलो कदापी होइन, तसर्थ कोँइच सुनुवार महिला या पुरुषहरुले आफ्नौ मौलिक भेषभुषा लगाउँदा राम्रो वा राम्री देखिने नाममा सजिदा पाहिचानमा ठेसपुग्ने कुरा ख्याल गर्न जरुरी छ ।      

कृषि तथा खाद्य सुरक्षा

कोँइच सुनुवार जाती बन, जंगल र ओडारको नजिक बसोबास गर्दछन् । उनीहरु जंगलको नजिक बसेका कारण जंगलको कुन लहराको फेदमा कन्दमुल छ र कुन बनस्पतीको पालवा कसरी खाने भन्ने ज्ञान विषेशगरी कोँइच सुनुवार महिलासँग हुन्छ । त्यसैगरी खोला तथा नदी किनारामा पाईने गंगटो, पाहा, तिते माछाहरु औषधीको रुपमा प्रयोग गर्दछन् । कोँइच सुनुवार समुदायको आर्थिक जिविकोपार्जन गर्नेमाध्यम वाँस र चोयाका सामानहरु बुन्ने र विक्रि गर्ने परम्परा भएपनि पछिल्लो चरण कृषी प्रणाली जीवीकोपार्जनको माध्यम हो । कृषीको विषयमा कुरागर्दा, पुरुषहरुले हलो जोत्ने वा खन्ने काम गरेपनि, बढीखेती किसानी गर्ने र अन्न उब्जाउ गर्ने, अन्नपात, फलफुललाई भण्डार गर्ने, र अन्नहरुलाई किफायती तरिकाले प्रयोग गर्ने, विऊको लागि, खानाको लागि, र खानाकोलागि काम नलाग्ने अन्नलाई जाँड बनाउने जस्ता खाद्य सुरक्षाको ज्ञान आदिवासी महिलामा हुन्छ । त्यसैगरी कोँइच सुनुवारमा प्रकृतिलाई देवताको रुपमा पुजा गर्ने, अन्नबाली फलेर भित्राउने बेलामा पुजा गर्ने अर्थात न्वागी गर्ने प्रचलन छ । यसरी भुमि, पानी वा प्रकृतिको पुजा गर्ने प्रचलनले कोँइच सुनुवार समुदायको प्रकृतिसँगको नाता वा सम्बन्ध राख्नु हो । त्यसैगरी कोँइच सुनुवार समुदायमा हरियोसागलाई लामो समयको लागि पुनः प्रयोगकोलागि गुन्द्रुक बनाउने, भटमासबाट किनीमा बनाउने ज्ञान खाद्य सुरक्षा आधारित ज्ञान हो । उनीहरुको विऊविजन संरक्षण गर्ने अर्को मौलिक रैथाने ज्ञान हो । मकै, आलु, गहुँ र अन्य अन्नलाई विषेशगरी विउविजन कसरी भण्डारण गर्ने भन्ने मौलिक ज्ञान र प्रचलन छ । उदाहरणको लागि काँक्रा, फर्सीको विऊ भित्तामा टाँसेर राख्ने, कराङ कुराङ आकाशमा उडेपछि वा ढुंगामुनीको ओशदेखिएपछि विऊ रोप्ने मौलिक प्रचालन आफैमा आदिवासी ज्ञान हो । यस्ता परम्पागत ज्ञान र अभ्यासलाई अभिलेखिकरण अझैसम्म गरिएको छैन ।  


बनस्पती सम्बन्धी आदिवासी ज्ञान

कोँइच सुनुवार जातीको परम्परा, संस्कृति, प्रथा वा परम्पराहरु आदिवासी ज्ञानको भण्डार हुन । आदिवासी ज्ञानको कुरा गर्दा औषधी उपचार गर्ने विधी एक हो । कोँइच सुनुवार समुदायमा कतिवटा औषधीजन्य बनस्पती प्रयोगमा छन्, भन्नेबारेमा अध्ययान अनुसन्धान भएको छैन । तथापी सयभन्दावढी बनस्पतीहरु औषधीको रुपमा प्रयोग गरिने अनुमान गरिन्छ । यसरी जडीबुटीको प्रयोगबाट वा पोइबग्यामी (धामी झक्री) बाट गरिने परम्परागत उपचार पद्धती कतिपयलाई अन्धविश्वास लागेपनि विकसितदेशहरुमा समेत थेरापी, ध्वनी, जडीबुटी वा मनोवैज्ञानिक उपचार पद्धतीलाई बैज्ञानिक उपचार पद्धतिको रुपमा लिने गरिन्छ । अझै कोँइच गाउँघरमा चोटपटक लाग्दा, हातखुट्टा मर्किएमा, टाउको वा पेट दुखेमा, ग्याष्ट्रिक, जण्डीस, आउँ, रगतमासी आदि जस्ता समस्या आउँदा औषधीका रुपमा बनस्पतीका विभिन्न झारपातहरु प्रयोग गर्ने गर्दछन् । यस्ता बनस्पतीहरुको वैज्ञानिक परिक्षण नभएपनि, परम्परादेखि कोँइच सुनुवारहरुले यस्ता परम्परागत ज्ञानमा आधारित उपचारहरु गर्दै आईरहेका छन् । र उनीहरु यस्ता बनस्पतीजन्य प्राकृतिक स्रोतहरुको संरक्षण गर्दै आईरहेका छन् । त्यसैगरी कोँइच सुनुवारहरुमा पानी, बोटविरुवाहरुको संरक्षण गर्ने अर्को ज्ञान हो । 

त्यसैगरी आदिवासी ज्ञानको कुरा गर्दा,  कोँइच सुनुवार महिलामा सुत्केरी भएको बेला प्रयोग गरिने वा पाचनशक्ति बढाउन विभिन्नथरीका बोटविरुवा चिन्ने वा त्यस्लाई कुनसमयमा कसरी खान वा प्रयोग गर्न मिल्ने ज्ञान पुरुष भन्दा महिलामा वढी हुन्छ । कतिपय अवस्थामा बालक विरामी हुँदा कुन जडीबुटी प्रयोग गर्ने भन्ने परम्परागत ज्ञान, वा कुन चाडपर्वमा कस्तो भेषभुषा प्रगोगर्ने वा कतिपय अवस्थामा विभिन्न संस्कृतिक चाडपर्वमा प्रयोगहुने भेषभुषा बनाउने जस्ता ज्ञान, सीप कोँइच सुनुवार महिलाहरुमा मात्र हुन्छ । त्यसैले त भनिन्छ, एउटा घर राम्रो बनाउन वा शिक्षित बनाउन महिलाहरुको भुमिका असाध्यै ठुलो हुन्छ । एउटा घर शिक्षित भयो भने, समाज अनि राष्ट्र नै शिक्षित हुन्छ । त्यसैले त कतिपय अवस्थामा भनिन्छ कि, एउटा पुरुष शिक्षित भयो भने एकजना व्यक्तिमात्र शिक्षित हुन्छ । तर एउटा महिला शिक्षित भयो भने सिंगो पुस्ता शिक्षित हुन्छ । भाषा, संस्कार, संस्कृति र सिंगो सुनुवार हुनुको पहिचान, संस्कार, संस्कृति र परम्परागत ज्ञान संरक्षण, प्रर्वद्धन र पुर्नउत्थान गर्न घर र समाजमा आमाहरुको विशेष भुमिका हुन्छ । 

(लेखक सुनुवार इन्डिजिनियस टेलिभिजनको अध्यक्ष, अमेरिकास्थीतसंस्था कल्चरल सर्भाभलको यसिया कार्यक्रम संयोजक र आदिवासीकोलागि संयुक्तराष्ट्रसंघीय स्वेछिक कोषको सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ । )

सुनुवार महिला समाजको मुखपत्र, सिर्मी, २०८० भदौ । छापिएको लेख यहाँ उपलब्ध छ ।